गैरीगाँउमाथी ‘एम १२’ को फराकिलो जित, सरोजको 'डवल ह्याट्रिक'

कास्की | जेठ ११, २०७९

गैरीगाँउमाथी ‘एम १२’ को फराकिलो जित, सरोजको 'डवल ह्याट्रिक'

पोखरा:    जनएकता युवा क्लबको आयोजनामा सञ्चालित प्रथम सेभेन ए साईड फुटबल प्रतियोगिता अन्तर्गत मंगलबार ७ खेल सम्पन्न भएका छन् । 
 

रामेश्वरी माविको खेल मैदानमा आयोजित प्रतियोगिताको मंगलबारको खेलमा भिमाद युथ क्लबले  रन्जन स्मृति युथ क्लब भिमादलाई ३–२ गोल अन्तरले पराजित गर्याे । भिमादका लागि लोकेश थापाले दुई र अभिषेक राईले एक गोल गर्दै जित दिलाउँदा रन्जन स्मृतिका लागि राजन सोसान गुरुङ र आगमन खड्काले गोल फर्काए । 
 

शहिद स्मृति विद्यालयले मेरो नेपाल युवा क्लब एलाई पेनाल्टी सुटआउटमा ३–२ गोलले पराजित गर्याे । शहिद स्मृतिको तर्फबाट आशिष थापा, सुजन तामाङ र सन्दीप गुरुङले गोल गरे । 
मेरो नेपाल लागि सौरभ कार्की र सरोज सुनारले गोल गरेपनि जित पर्याप्त हुन सकेन् । त्यसैगरी अर्को खेलमा  विजयपुर एफसीमाथि भण्डारढीकको आर्दश क्लबले २–० गोलको नजिता निकाल्यो । जितका लागि विकास परियारले दुवै गोल गरेका थिए । 
 

काउरे बयरघारी स्याङजालाई मसिना एफसीले ४–० फराकिलो गोल अन्तरले पराजित गर्यो । विजय श्रेष्ठले दुई, क्षितिज जिटीले एक र विश्व थापाले एक गोल गरेका थिए । 

 

केआईईसी एम १२ ले खाल्टे गैरीगाँउलाई १०–० गोलले पराजित गरेको छ । सरोज तितुङले डबल ह्याट्रिक गरे । त्यस्तै विकास गुरुङले २, मनोज गुरुङ र मीन गुरुङले एक एक गोल गरेका थिए ।  हाम्रो एफसीलाई जनएकता युवा क्लब हरियोले ४–० को नजिता निकाल्दै अर्को चरणमा प्रवेश गर्याे । जनएकताका लागि आशिष कार्कीले २, सन्देश देवकोटाले १ र समुन्द्र सुवेदीले एक थपेका थिए ।

 

विजयपुर एफसीले मसिना मेनचेष्टर फुडजोनलाई पेनाल्टी सुटआउटमा ३–२ गोल अन्तरले पराजित गरेको थियो । प्रतियोगितामा विजेताले १ लाख ११ हजार, उपविजेताले ६१ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । उत्कृष्ठ खेलाडीले समेत नगद पुरस्कार प्राप्त गर्ने जनएकता युवा क्लबका सचिव घनश्याम अधिकारी(श्याम)ले जानकारी दिए । फाईनल जेठ १४ गते हुने छ । 


 

काठमाडौं:  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फका लागि आज देशभर उम्मेदवारी दर्ताको कार्यक्रम हुँदैछ ।  निर्वाचन आयोगले देशभरका १६५ वटै निर्वाचन क्षेत्रका निर्वाचन कार्य...

थप पढ्नुहोस्

पोखराः   पोखराको अमरसिंह खेल मैदानमा जारी १४ औं संस्करणको पोखरा महोत्सव सातौं दिन सम्म आइपुग्दा दर्शकको घुइँचो लागेको छ । अघिल्ला संस्करण जस्तै १४ औं संस्करणको पोखरा महोत्सवमा पनि दर्शकको साथ उल्लेख्य मात्र...

थप पढ्नुहोस्

पोखरा: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कास्की निर्वाचन क्षेत्र नम्बर ३ मा विना गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।  आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि उनले आधिकारिक टिकट ...

थप पढ्नुहोस्